अब होटल, रेस्टुरेन्टले सर्भिस चार्ज लिन नपाउने

काठमाडौं । अब होटल, रेस्टुरेन्टले ग्राहकबाट सेवा शुल्क लिन नपाउने भएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चबाट प्रेमलाल महर्जनले सेवा शुल्क खारेजीको माग गर्दै हालेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।

महर्जनले २०७५ जेठ २३ गते दायर गरेको रिटमा बुधबार सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले ग्राहकबाट १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गरेको हो ।

श्रम ऐन, २०७४ को दफा ८७ (३) तथा श्रम नियमावली, २०७५ को नियम ८२ मा रहेका प्रावधानहरु संविधानको धारा ४४ र धारा ११५ (१) को भावना र मर्म अनुकूल नदेखिएको भन्दै सर्वोच्च अदालतले अब होटल, रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने फैसला गरेको हो ।

‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट र किटानी रुपमा शुलकको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएको अवस्थामा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले यसरी साूमहिक सम्झौता बमोजिम शुल्क रकम लिने कार्य गर्न नदिनु, नदिलाउनू, त्यस प्रकारको कार्य तत्काल रोक्नू भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषेध मिश्रित परमादेश समेत जारी हुने ठहर्छ,’ सर्वोच्चकाे फैसलामा भनिएको छ ।

हाल होटल, रेस्टुरेन्टले ग्राहसँग १३ प्रतिशत भ्याटपछि फेरि १० प्रतिशत सर्भिस चार्ज लिँदै आएका छन् ।

भीड घटाउन राहदानी सेवा द्रुत बनाइँदै, कार्ययोजना कार्यान्वयनको तयारी Read Previous

भीड घटाउन राहदानी सेवा द्रुत बनाइँदै, कार्ययोजना कार्यान्वयनको तयारी

राजा महेन्द्रले उद्घाटन गरेको सडक अझै सम्पन्न भएन Read Next

राजा महेन्द्रले उद्घाटन गरेको सडक अझै सम्पन्न भएन