काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । बुधबार दोहोरो अंकले बढेको नेप्सेमा आज १ अंकभन्दा कमको गिरावट आएको हो ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६० करोडले घटेर ३ अर्बभन्दा कममा सीमित भएको छ ।
बिहीबार नेप्से ०.४१ अंकले बढेर २१८३.२१ विन्दुमा आइपुगेको छ । यसदिन २५४ कम्पनीको २ अर्ब ८६ करोड रुपैयाँ बढीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.४९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.३६ प्रतिशतले घटेको छ ।
आज समृद्धि फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर ८ करोड र आँखुखोला हाइड्रोपावर ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।