काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढेर १ लाख ६ हजार ९०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत मंगलबार (माघ १० गते)प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि दिनदिनै आकाशिन थालेको हो ।विश्व अर्थतन्त्रमा यस वर्ष आर्थिक मन्दी आउने बताइएसँगै विश्वभरका ठूला लगानीकर्ताले सुरक्षीत लगानीका रुपमा सुनमा लगानी गर्न थालेपछि भाउ आकाशिँदै गएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ।