काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत थप दुई लघुवित्तको लाभांश घोषणा भएको छ ।
बिहीबार सबैको लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
दुवै लघुवित्तको माघ ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । सबैको लघुवित्तले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद गरी कुल १८.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
त्यसैगरी, स्वाभिमान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
दुवै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।