सुपर मादी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाटको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ।

राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून, कुनले कति खर्च गरे ? Read Previous

राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च न्यून, कुनले कति खर्च गरे ?

मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि, यस्ता छन् मुख्य सूचक Read Next

मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि, यस्ता छन् मुख्य सूचक