काठमाडौं । मर्जर प्रक्रियामा रहेका थप दुई बीमा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।
कारोबार फुकुवाका लागि आवेदन दिएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बुधबार सरगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको साधरण सेयर कारोबार फुकुवा गरेको हो ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम दुवै कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था छ ।
कारोबार फुकुवा भएसँगै बिहीबारदेखि दुवै कम्पनीको साधरण सेयर कारोबारमा आउने छ । संस्थापक सेयर कारोबार भने मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार सुरु नहुन्जेलसम्म रोक्का नै रहने छ ।
सगरमाथा र लुम्बिनी जनरल हाल मर्जर प्रक्रियामा रहेका छन् ।