काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितको माघ १० गते बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।
कम्पनीले संशोधन गरेको लाभांश अनुसार बोनस सेयर घटेको छ । परिमार्जित लाभांश अनुसार अब कम्पनीले ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिने भएको छ ।
यसअघि इन्स्योरेन्स संचालक समितिको पुस १३ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।