काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूर्य लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी सूर्यलाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको हो ।
नेप्सेमा साविकको सूर्य लाइफ र ज्योति लाइफ मर्ज हुँदा कायम भएको १:०.८२ सेयर अनुपातका आधारमा सूर्यज्योतिको नाममा ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ३७१.५९ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा बुधबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले SJLIC संकेत चिह्न दिएको छ ।