एभरेष्टको नाफा झन्डै दोब्बरले बढ्दा कृषि विकास घाटामा, पुससम्म कुन बैंकले कति कमाए ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोसो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइतबारसम्म २० बैंकले विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको घटेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव, कर्जा लगानी सुस्त हुँदाका बाबजूद पनि औसतमा बैंकहरुको नाफा बढेको छ ।

दोस्रो त्रैमासमा बैंकहरुको नाफा औसतमा ११.८७ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल ३० अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब १९ करोड रुपैयाँ बढी हो । गत वर्षको पुससम्म बैंकहरुले कुल २६ अर्ब ९३ करोड खुद नाफा कमाएका थिए ।

गत वर्षको दोस्रो त्रैमासदेखि प्रणालीमा लगानीयोग्य रकम अभावका कारण बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् । व्यवसाय विस्तारको दबाबमा रहेका बैंकहरुको नाफामा पनि असर देखिएको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार केही वाणिज्य बैंकको नाफा बढेको छ भने केहीको खुद नाफामा ठूलो गिरावट आएको छ । निक्षेप संकलन गर्न बढाइएको ब्याजदर वृद्धिले बैंकको लागत पनि सोही रुपमा बढेको छ भने ऋणीले समयमै कर्जा लिएको रकम तिर्न नसक्दा बैंकको खराब कर्जा पनि बढेको छ ।

मर्जरपछि पूँजीको आकार लगातार बढाइरहेका बैंकहरुको व्यवसायमा भने त्यत्ति प्रतिफल देखिदैन् । संस्थाले पूँजी अनुसार व्यवसाय विस्तार गर्न नसक्दा एकतिर उत्पादनका क्षेत्रमा लगानी बढ्न सकेको छैन भने अर्कोतर्फ वित्तीय आधार बलियो बन्न सकेको छैन ।समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । पहिलो त्रैमासमा एनआइसीभन्दा पछि परेको नबिलले दोस्रो त्रैमासमा नाफामा कमब्याक गरेको छ । गत वर्षको तुलनामा नबिलको नाफा ५६.६७ प्रतिशतले बढेको छ । गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिलले मर्जरबाट प्राप्त सिनर्जीले आफ्नो व्यवसायमा छलाङ मार्न सफल भएको देखिन्छ ।

दोस्रो त्रैमासमास सबैभन्दा खराब वित्तीय विवरण कृषि विकास बैंकको देखिएको छ । ६ महिनामा यस बैंकको नाफा १०९ प्रतिशतले घटेर नोक्सानीमा गएको छ । गत वर्षको दोस्राे त्रैमासमा १ अर्ब ४२ करोड नाफा कमाएको बैंक यस वर्ष १२ करोड ८९ लाख रुपैयाँ घाटामा गएको छ ।

यस अवधिमा सर्वाधिक नाफा वृद्धि एभरेष्ट बैंकले गरेको छ । यस बैंकले गत वर्ष ८ अर्ब ३८ करोड कमाएकोमा ८९.२९ प्रतिशतले बढाएर १५ अर्ब ८८ करोड रुपैयाँ कमाएको छ ।

कुन बैंकले कति कमाए ?

वित्तीय विवरण प्रकाशित गरेका बैंक मध्ये १३ वटाले नाफा बढाएका छन् भने ७ वटाको नाफामा गिरावट आएको छ । यस अवधिमा सबैभन्दा धेरै कमाउनेमा नबिल बैंक रहेको छ । दोस्रोमा एनआइसी एसीयाले ३६ प्रतिशतले नाफा बढाएर ३ अर्ब २७ करोड रुपैयाँ कमाएको छ ।

चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा ग्लोबलको नाफा ४ प्रतिशतले मात्र बढेको छ ।

यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, स्टन्डार्ड चार्टर्ड, प्राइम कमर्शियल, एभरेष्ट, एनएमबी, प्रभु, सानिमा लगायत ११ बैंकले १ देखि २ अर्बको बीचमा नाफा कमाएका छन् ।

यस्तै, हिमालयन, सिटिजन्स, सनराइज र सिभिल बैंकको नाफा १ अर्बभन्दा कम रहेका छ भने कृषि विकास बैंक नोक्सानीमा रहेको छ ।

रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल Read Previous

रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : अर्थमन्त्री पौडेल

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, पूर्वाधारमा भने अझै समस्या Read Next

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, पूर्वाधारमा भने अझै समस्या