काठमाडौँ। निर्माण व्यवसायीले क्रसर उद्योग सञ्चालका लागि क्रसर जोन तोक्न आग्रह गरेका छन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंगका अध्यक्ष सिताराम न्यौपानेले मापदण्ड व्यवसायी विपरीत भएको भन्दै क्रसर चलाउन उचित नीति र मापदण्डको व्यवस्था गर्न आग्रह गरेका हुन् ।
उनले २०७१ सालमा बनेको मापदण्ड क्रसर उद्योगलाई सकाउने लक्ष्यका साथ बनाइएको आरोप लगाए । ‘२०७१ मा जुन मापदण्ड आयो, त्यो क्रसर व्यवसायीलाई सिध्याउने किसिमले ल्याइएको मापदण्ड हो, हामीले कर तिरिरहेका छौ, हामीलाई नवीकरण गर्ने वातावरण सिर्जना गरिदिनु पर्यो’, न्यौपानेले भने ।
उनले क्रसर उद्योग सञ्चालनको लागि दिगो नीति तथा मापदण्ड बनाउन माग अनुरोध गरे। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकारले व्यवहारिक कानुन बनाउनु पर्ने बताए । क्रसर उद्योग नवीकरण गर्न दिन समय दिनुपर्ने उनको भनाइ छ ।
उनले क्रसर उद्योग राख्नलाई कहाँ राख्न मिल्छ तोकेर सो ठाउँमा राख्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।