सूर्यज्योति लाइफद्धारा न्यानोपन अभियान संचालन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा ‘सूर्यज्योतिको न्यानोपन’ अभियान संचालन गरेको छ । कम्पनीले हाल देशमा बढ़िरहेको जाड़ोलाई मध्येनज़र गर्दै उक्त अभियान अन्तर्गत कम्बल तथा न्यानो कपडा वितरण गरेको हो ।

कम्पनीले आफ्नो मूलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा संचालन गरिएको थियो ।

साथै गुल्मीमा, बौद्धिकरबहिरा( अपाङ्गता भएका विधार्थी र माझिगाँउ बलिथुमका विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरी सम्पन्न गरिएको थियो।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स आइएसओ ९००१:२०१५ बाट सम्मानित भइसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी रु ४.५४ अर्ब रहको छ । कम्पनीले देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।

निगमले २६ सवारीसाधन लिलामी गर्दै, २५०० रुपैयाँमा बाइक, १ लाखमा गाडी ! (मूल्यसहित) Read Previous

निगमले २६ सवारीसाधन लिलामी गर्दै, २५०० रुपैयाँमा बाइक, १ लाखमा गाडी ! (मूल्यसहित)

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै, सवा अर्बमा ठेक्का Read Next

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै, सवा अर्बमा ठेक्का