कालिञ्चोक दर्शनको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधरणका लागि माघ ३ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ताका आइपीओ विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र दोलखाबासी, सामूहिक लगानी कोषका लागि आइपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

आयातमा नगद मार्जिनको व्यवस्था हट्यो, अब एलसी खोल्दा नगद राख्न नपर्ने Read Previous

आयातमा नगद मार्जिनको व्यवस्था हट्यो, अब एलसी खोल्दा नगद राख्न नपर्ने

निफ्राको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ? Read Next

निफ्राको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?