सेयर बजारमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजार झिनो अंकले बढेको छ । बुधबार ९ अंकले घटेको नेप्से आज ५ अंकले बढेको हो ।

सूचकमा बढोत्तरी आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८८ करोडले घटेर ३ अर्बमा सीमित भएको छ ।

बिहीबार नेप्से ५.७१ अंकले घटेर २१७८.८१ विन्दुमा आइपुगेको छ । यसदिन २४६ कम्पनीको ३ अर्ब ४ करोड रुपैयाँ बढीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ । व्यापार समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर १२ करोड र पिपुल्स हाइड्रोपावर १० करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज आदर्श लघुवित्तको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, मैलुङ खोला ९.५४, निफ्रा ७.२०, ग्रीन भेन्चर्स ६.७१, श्वेत गंगा ६.१०, एनआरएन इन्फ्रास्ट्रक्चर ६.०३, हिमालयन हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, अपर सोलु र पोखरा फाइनान्सका धनीले साढे ५ प्रतिशत कमाएका छन् ।

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता Read Previous

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता

सभामुखमा एमालेका घिमिरे निर्वाचित, कति पाए मत ? Read Next

सभामुखमा एमालेका घिमिरे निर्वाचित, कति पाए मत ?