ग्लोबल आइएमई र लक्ष्मी लघुवित्तको लाभांश घोषणा, कुन कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत थप दुई लघुवित्तको लाभांश घोषणा भएको छ ।

बिहीबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

दुवै लघुवित्तको माघ ४ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । ग्लोबल आइइमई लघुवित्तले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

त्यसैगरी, लक्ष्मी लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

दुवै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

पुसमा झन्डै दोब्बरले बढ्यो कित्ताकाट, यस्तो छ कारण Read Previous

पुसमा झन्डै दोब्बरले बढ्यो कित्ताकाट, यस्तो छ कारण

सडक जोडिएको ३ दशकपछि कुश्मामा आधुनिक बसपार्क निर्माण हुँदै Read Next

सडक जोडिएको ३ दशकपछि कुश्मामा आधुनिक बसपार्क निर्माण हुँदै