मेगा बैंकसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा मेगा बैंक, रुरु जलविद्युत्  र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस सेयर बापतको ६८ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, रुरुको १० प्रतिशतले हुन आउने ४ लाख ४८ हजार ४७६.०५ कित्ता र गुराँस लाइफको ७.४४ प्रतिशतले हुन आउने १५ लाख ५१ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मल ल्याउन थप ७ अर्ब बजेट माग, २ लाख मेट्रिकटन आयातको क्रममा Read Previous

मल ल्याउन थप ७ अर्ब बजेट माग, २ लाख मेट्रिकटन आयातको क्रममा

चोभार सुक्खा बन्दरगाह सुनसान, 'फास्ट ट्रयाक नबेनसम्म पूर्ण क्षमतामा सञ्चालन नहुने' Read Next

चोभार सुक्खा बन्दरगाह सुनसान, 'फास्ट ट्रयाक नबेनसम्म पूर्ण क्षमतामा सञ्चालन नहुने'