काठमाडौं । अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको संचाल समितिको माघ २ गते बसेको १००:४० सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बरारबको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीको हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढ्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ ।
कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ । जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १/१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।
यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।