मोलुङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

सोही दिनदेखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगाका स्थानीय बासिन्दाका लागि विक्रीमा ल्याएकोमा आवेदन दिने म्याद भने माघ १० गतेसम्म थप गरिएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कम्पनीका कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर विक्रीमा ल्याएको छ ।

त्यसैगरी, कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर विक्रीमा ल्याएको छ । सोमध्ये मोलुङ गाउँपालिकाका बासिन्दाका लागि ५० प्रतिशत र सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दाका लागि ५० प्रतिशत छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले कुमारी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

हवाई दुर्घटनाको क्षति मूल्याकंन गर्न विदेशी बीमा सर्भेयर टोली नेपालमा Read Previous

हवाई दुर्घटनाको क्षति मूल्याकंन गर्न विदेशी बीमा सर्भेयर टोली नेपालमा

रोकियो नागढुंगा-नौबिसे सुरुङमार्गको काम, सरकारले क्षतिपूर्ति तिर्नुपर्ने Read Next

रोकियो नागढुंगा-नौबिसे सुरुङमार्गको काम, सरकारले क्षतिपूर्ति तिर्नुपर्ने