पाेखरामा पर्यटक बसका चालक र सहचालकलाई तालिम

काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि लामिछानेले पर्यटकका लागि आउँदाजाँदा पहिलो वा अन्तिम सम्पर्क व्यक्ति चालक, सहचालक हुने भएकाले उनीहरूको व्यहारले घुम्ने स्थानका सम्बन्धमा पर्यटकले धारणा बनाउने बताए । चालक, सहचालकलाई पर्यटनको अवैतनिक राजदूतका रूपमा चित्रण गर्दै उनीहरूको व्यवहार एवं बोलिचालीले पर्यटकको बसाइ लम्ब्याउने वा छोट्याउने कुरामा निर्भर गर्ने धारणा राखेका थिए ।

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले चालक, सहचालकको बोली एवं व्यवहारले कुनै पनि पर्यटकीयस्थल एवं समग्र राष्ट्रलाई प्रभाव पार्ने उल्लेख गरे । पर्यटकको बसाइ अधिकतम लम्ब्याउने कुरामा चालक, सहचालकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

 

पर्यटक सवारीसाधन चलाउँदै आएका १ सय ५६ चालक र सहचालक सहभागी प्रशिक्षणमा चार प्रशिक्षकले विभिन्न विषयमा जानकारी गराएको पर्यटन यातायात समिति पोखराका महासचिव नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थललियाले अतिथि सत्कार, प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक नियम, सिप्रदी टे्डिङ पोखराका इन्चार्ज सञ्जय विष्टले प्राविधिक विषय र डा मुकेश मल्लिकले उच्च चापीय क्षेत्रमा अपनाउनुपर्ने स्वास्थ्य सजगतालगायतका विषयमा प्रशिक्षण दिएका थिए । पर्यटन यातायात समिति, पोखरामा ४५० पर्यटक बस र १२८ व्यवसायी आबद्ध छन् ।

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन् Read Previous

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्

अनलाईन सेयर कारोबारमा जोडीने लगानी कर्ता ११ हजार मात्रै Read Next

अनलाईन सेयर कारोबारमा जोडीने लगानी कर्ता ११ हजार मात्रै