दुर्घटना परेको यतिको जहाज : १२ वर्ष विदेशमा चलाएपछि नेपाल ल्याइएको थियो

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाज १५ वर्ष अघि उत्पादन भएको पाइएको छ । ९ एन-एएनसी कल साइन यो जहाज सन् २००७ मा फ्रान्सको एटीआर कम्पनीले उत्पादन गरेको हो ।

‘एटीआर ७२-२१२ ए’ प्रकारको यो जहाजले सन् २००७ अगस्ट १७ देखि भारतीय वायुसेवा कम्पनी किङफिसरले उडाएको थियो । किङफिसरले ६ वर्ष उडाएर उक्त जहाज थाइल्याण्डको कम्पनीलाई बेचेको थियो ।

थाइल्यान्डको नोक एयरले सन् २०१३ अप्रिल १ देखि उक्त जहाज चलाएको थियो । नोकले ४ वर्ष चलाएर सो जहाज फेरि यति एयरलाइन्सलाई बेचेको थियो ।

यति एयारलाइन्सले सन् २०१९ एप्रिल २६ देखि  साे जहाज संचालनमा ल्याएको थियो । यो जहाजमा दुई वटा टर्बो प्रप्स इन्जिन रहेको हुन्छ ।नेपालमा एटीआर–७२ विमान दुर्घटना भएको यो पहिलोपटक हो ।

नेपालमा एटीआरमा डेढ १ दर्जन बढी विमान संचालनमा छन् । बुद्ध एयरसँग मात्रै १४ वटा रहेका छन् भने यतिसँग ६ वटा एटीआर जहाज संचालनमा छन् ।

आइतबार बिहान काठमाडौंबाट साढे १० बजे पोखरा उडेको जहाज करिब ११ बजेतिर पोखराको सेती खोँचमा दुर्घटनामा भएको थियो । उक्त जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए । जसमा १५ विदेशी नागरिक छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान स्थगित Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान स्थगित

जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन Read Next

जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन