एयरबसले एक वर्षमा उत्पादन गर्‍यो ६६१ व्यावसायिक विमान, सबैभन्दा धेरै ‘ए ३२०’

पेरिस । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६ सय ६१ विमानलाई पुर्याएका छौं । यो संख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।’ सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरु विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।

यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो । एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताएका छन् ।

एयरबसले सन् २०२२ मा १ हजार ७८ नयाँ विमानका लागि निवेदन दर्ता भएको र डिसेम्बर अन्त्यसम्ममा ७ हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनले बताए ।

‘मालवाहक जहाजसहित हाम्रा सबैप्रकारका विमानहरुलाई समेट्ने महत्वपूर्ण मागले हाम्रो उत्पादन लाइनको शक्ति र प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ,’ फाउरीले भने । जुलाई २०२२ मा, फाउरीले आपूर्ति श्रृङ्खलाको समस्याको कारण विमान हस्तान्तरण गर्ने लक्ष्य ७२० रहे पनि यो संख्या लगभग ७०० को हाराहारी रहने बताएका थिए ।

आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन Read Previous

आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

हुलाकी राजमार्ग निर्माण ८३ प्रतिशत सम्पन्न, बाँकी काम सक्न अझै ३ वर्ष लाग्ने Read Next

हुलाकी राजमार्ग निर्माण ८३ प्रतिशत सम्पन्न, बाँकी काम सक्न अझै ३ वर्ष लाग्ने