काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको पुस २७ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले लाभांश घोषणा गरेको यो पहिलोपटक हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
हाल ५० करोड चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ५२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।