काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको पुस २६ गते बसेको बैठकले सेयरधनीलाई २.७५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.१४ प्रतिशत नगद गरी कुल २.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्सको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।