३ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा, तिरायो जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारबाही गरेको छ । बोर्डले तोकिएको समयमा वित्तीय प्रतिवेदन नबुझाउने र त्रैमासिक विवरण नदिने तीनवटा ब्रोकर कम्पनीलाई जरिवाना गरेको हो ।

बोर्डले त्रैमासिक विवरण नबुझाउने इम्पेरियल र त्रिशुल सेक्युरिटिजलाई ७५/७५ हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यसैगरी, तोकिएको वित्तीय प्रतिवेदन नबुझाएको भन्दै बोर्डले सन्नी सेक्युरिटीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ

त्यस्तै, बोर्डले नियम विपरित काम गरेको भन्दै केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको छ। क्रेडिट रेटिङ नियमावली २०६८ विपरित रेटिङ एजेन्सीले आफ्ना मुख्य सेयरधनी समेत रहेका कम्पनीहरुको रेटिङ गरेको भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो ।

केयरले आफ्नै सेयरधनी रहेका युनाइटेड डिस्ट्रिब्युटर्स लगायतका कम्पनीको रेटिङ गरेको बताइएको छ ।

भारतबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा दैनिक ९ घण्टा लोडसेडिङ Read Previous

भारतबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा दैनिक ९ घण्टा लोडसेडिङ

रिडी पावरका अध्यक्ष गुरु न्यौपाने बोर्डको कारबाहीमा, १० वर्ष संचालक बन्न नपाउने Read Next

रिडी पावरका अध्यक्ष गुरु न्यौपाने बोर्डको कारबाहीमा, १० वर्ष संचालक बन्न नपाउने