संरचनात्मक कारोबार र जग्गाको मूल्यवृद्धिले अप्ठ्यारोमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा कारोबारको संरचनाले कहिँन कहिँ चुनौती देखिएको बताएका छन् । सोमबार ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार समारोहको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

‘संरचनात्मक कारोबार र जग्गाको मूल्यवृद्धिले कहिँन कहिँ अप्ठ्यारोमा छौं । अर्थतन्त्र लगायतका क्षेत्रमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । मर्जर राष्ट्रकै लागि महत्त्वपूर्ण कदम भएको र यसबाट वित्तीय क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धा कम हुने उनले बताए ।

अर्थतन्त्रको विकासका लागि वित्तीय, अर्थ र मौद्रिक नीतिको सन्तुलन कायम गर्ने उनले बताए ।

‘गभर्नर, अर्थमन्त्री र म बसेर निजी क्षेत्रका माग सम्बोधन गर्न केही सहजिकरण गरेका छौं,’ उनले भने, ‘सरकारको न्युनतम साझा कार्यक्रममा पनि दिगो अर्थतन्त्रका कार्यक्रमहरू समेटिएका छन् । विभिन्न समस्या समाधान गर्न सरकार तयार छ ।’

क्रिप्टो र बेटिङका सबै वेबसाइट र एप बन्द गर्न निर्देशन Read Previous

क्रिप्टो र बेटिङका सबै वेबसाइट र एप बन्द गर्न निर्देशन

विश्वकै तेस्रो धनी उद्योगपतिका दुई ठूला सिमेन्ट उद्योग बन्द, हजारौंको रोजगारी गुम्यो Read Next

विश्वकै तेस्रो धनी उद्योगपतिका दुई ठूला सिमेन्ट उद्योग बन्द, हजारौंको रोजगारी गुम्यो