हवाई भाडा घट्यो, कुन गन्तव्यको कति ?

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघले पुस २७ गतेदेखि लागू हुने गरी इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक हवाइ इन्धनको भाउ प्रतिलिटर २० रुपैयाँ घटाएको थियो । सोही आधारमा संघले हवाई भाडा समायोजन गरेको हो ।

संघले गन्तव्य अनुसार न्यूनतम २१५ रुपैयँदेखि अधिकतम ८८५ रुपैयाँसम्म भाडा घटाएको छ । संघका अनुसार काठमाडौं-धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यस रुटको अधिकतम भाडा १६ हजार १४० रुपैयाँ रहेको छ ।

यस्तै, काठमाडौं–भद्रपुर रुटको ६०० रुपैयाँ, काठमाडौं-विराटनगर ४८५ रुपैयाँ, काठमाडौं-सुर्खेत ६९० रुपैयाँ, काठमाडौं-राजविराज ४११ रुपैयाँ, काठमाडौं-जनकपुर २६०, काठमाडौं-पोखरा रुटको ३२० रुपैयाँ भाडा घटेको छ ।

यसैगरी, काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ ।

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसंघ Read Previous

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसंघ

अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्नेगरी अघि बढेका छौं : प्रधानमन्त्री Read Next

अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्नेगरी अघि बढेका छौं : प्रधानमन्त्री