अनधिकृत होर्डिङ बोर्ड हटाउँदा ३ हजारसम्म जरिवाना लाग्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र अनधिकृत राखिएका होर्डिङ बोर्ड हटाउँदा ५०० रुपैयाँदेखि ३ हजार रुपैयाँ लाग्ने भएको छ । महानगर राजस्व परामर्श समितिले आधिकृत बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न नगर सभामा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

उपप्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जरिवाना रकम कम्तीमा ५०० रुपैयाँदेखि अधिकतम ३ हजार रुपैयाँसम्म हुने निर्णय गरेको हो । व्यवसायीले स्वीकृति नलिई वा मापदण्ड विपरीत राखेका परिचय पाटी महानगरपालिकाको टोलीले हटाउँदा सो रकम तिर्नुपर्ने छ ।

जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । यिनै ठाउँमा वेल्डिङ मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनु परेमा अर्को प्रकारको शुल्क लाग्नेछ ।

दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा वेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नु पर्ने भएमा छुट्टाछुट्टै जरिवाना शिफारिस हुने निर्णय भएको हो ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सामान व्यवस्थापन हुँदै, माघदेखि फिल्डमा काम सुरू हुने Read Previous

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सामान व्यवस्थापन हुँदै, माघदेखि फिल्डमा काम सुरू हुने

मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?