मर्जरका लागि मेगा बैंकलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको मेगा बैंकले मर्जरका लागि अन्तिम स्वीकृति पाएको छ । मंगलबार राष्ट्र बैंकले बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । गत जेठ मसान्तमा इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको मेगा बैंकले पुसभित्रै एकीकृत कारोबारको तयारी गरेको छ ।

मर्जरपछि बैंकको नाम इन्भेष्टमेन्ट मेगा बन्ने र स्वाप रेसीयो इन्भेष्टमेन्टको १ बराबर ०.९ रहने सहमति भएको थियो । मर्जरपछि यी बैंकको चुक्ता पूँजी ३२ अर्ब बढी कायम हुनेछ । हाल इन्भेष्टमेन्टको १८ अर्ब ३० करोड र मेगााको १६ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंकलाई सहुलियत सुविधा प्रदान गर्ने व्यवस्था गरेपछि तोकिएको समयमै एकीकृत कारोबार गरिसक्ने दबाबमा छन् । मौद्रिक नीतिको व्यवस्था अनुसार पुसभित्र कारोबार गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुले छुट सुविधाहरु पाउने छैनन् । मर्जर प्रक्रियामा रहेका बैंकहरुले एकीकृत कारोबार गरिसके पश्चात वाणिज्य बैंकको संखया २१ मा झर्नेछ ।

प्रक्रियामा रहेका प्रभु र सेन्चुरी बैंकले मर्जरका लागि अन्तिम स्वीकृति पाइसकेका छन् भने सीभिल र हिमालयन बैंक पनि एकीकृत कारोबारको तयारीमा छन् ।
यसैगरी, ग्लोबल आइएमई र बीओकेले एकीकृत कारोबारको मिति तोकेका छन भने कुमारी र एनसीसीले १७ पुसदेखि एकीकृृत कारोबार गरिसकेका छन् ।

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल, ब्याजदर घटाउन पहल गर्न सुझाव Read Previous

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल, ब्याजदर घटाउन पहल गर्न सुझाव

चीनबाट धमाधम ल्याइँदै गाडी, ६ महिनामा ३०५ वटा भित्रिए Read Next

चीनबाट धमाधम ल्याइँदै गाडी, ६ महिनामा ३०५ वटा भित्रिए