हिमालयन डिस्ट्रीलरीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । हिमालयन डिस्ट्रीलरीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ६० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य २५१८.७५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

कम्पनीले आव २०७८/८९ को मुनाफाबाट ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

चालु पूँजी कर्जामा गभर्नरको दोहोरो चरित्र : जनार्दनको पालामा 'टसमस हुन्न', विष्णु आएपछि लचक Read Previous

चालु पूँजी कर्जामा गभर्नरको दोहोरो चरित्र : जनार्दनको पालामा 'टसमस हुन्न', विष्णु आएपछि लचक

सामसङ वासिङ मेसिनको मोटर्स र फ्रिजकाे कम्प्रेसरमा २० वर्षको वारेन्टी Read Next

सामसङ वासिङ मेसिनको मोटर्स र फ्रिजकाे कम्प्रेसरमा २० वर्षको वारेन्टी