काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । सोमबार बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले अन्तिम स्वीकृति दिएको हो ।
राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन्।
दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाले एक आपसमा मर्जर जाने प्रस्ताव पारित गरिसकेका छन्। १ः१ सेयर अनुपातमा प्रभुले सेञ्चुरीलाई गाभ्न लागेको हो ।
मर्जरपछि प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड र सेञ्चुरीकाे १० अर्ब रूपैयाँ छ। मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी साढे २३ अर्ब रुपैयाँ हुनेछ ।