आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितको पुस १७ गते बसेको बैंकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।

कम्पनीले संशोधन गरेको लाभांश अनुसार बोनस र नगद दुवै घटेको छ । परिमार्जित लाभांश अनुसार अब कम्पनीले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद गरी कुल ६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

यसअघि इन्स्योरेन्स संचालक समितिको मंसिर ५ गते बसेको बैठकले सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

नोटबाट बनाइएको ब्रिकेट विक्रीमा, प्रतिकेजी मूल्य कति ? Read Previous

नोटबाट बनाइएको ब्रिकेट विक्रीमा, प्रतिकेजी मूल्य कति ?

आइएमई पे एप अब नेपाली भाषामा Read Next

आइएमई पे एप अब नेपाली भाषामा