३ वाणिज्य बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २५ वाणिज्य बैंकमध्ये अब कृषि विकास बैंकको मात्र लाभांश घोषणा हुन बाँकी छ ।

गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० वटा बैंकले लाभांश दिने भएका छन् भने ४ वटाले लाभांश नदिने घोषणा गरेका छन् । गत वर्षको नाफाबाट लक्ष्मी, सनराइज, एनआइसी एशिया र माछापुच्छे बैंकले लाभांश नदिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । नबिलले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

गत वर्षको नाफाबाट सबैभन्दा कम सेञ्चुरी कमर्शियलले ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।बैंकहरूले प्रस्ताव गरेको नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सम्बन्धित बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।लाभांश घोषणा गरेका २० वाणिज्य बैंकमध्ये १७ बैंकले साधरणसभा प्रयोजनाका लागि बुकक्लोज समेत गरिसकेका छन् । १ दर्जन बढी बैंकले बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।

लाभांश घोषणा गरेका हिमालयन, सिभिल र नबिल बैंकको अझै बुकक्लोज हुन बाँकी छ । हिमालयन र नबिलले पुस १८ गते र सिभिलले पुस १९ गते बुकक्लोज तोकेको छ । तसर्थ, यी ३ बैंकको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।

गत वर्षको नाफाबाट नबिलले ३० प्रतिशत (१८.५% बोनस र ११.५% नगद), हिमालयनले १९.११ प्रतिशत (८% बोनस र ११.११% नगद) र सिभिलले ५.२६ प्रतिशत (५% बोनस र ०.२६% नगद) लाभांश घोषणा गरेका छन् ।

कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी खण्डको काम अन्तिम चरणमा Read Previous

कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी खण्डको काम अन्तिम चरणमा

बर्दीधारीको सडक नियम : गाडीमा सेफ्टी गार्ड राख्दा उल्टै यसरी दिए दुःख Read Next

बर्दीधारीको सडक नियम : गाडीमा सेफ्टी गार्ड राख्दा उल्टै यसरी दिए दुःख