काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ३ लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
फरवार्डले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य १९०४ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट वितरण गर्ने १९ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ६४१.०९ रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आरएसडीसी लघुवित्तले वितरण गर्ने ८ प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन गरिएको हो । आरएसडीसीको नयाँ मूल्य ५२५.८३ रुपैयाँ निर्धारण गरिएको छ ।
यही समायोजित मूल्यका आधारमा आइतबार तीनै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।