नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् पोजेटिभ सर्किट लाग्ने ९ कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । ११५ अंकको वृद्धिपछि बुधबार ११ अंकले करेक्शन भएको नेप्से आज फेरि उच्च अंकले बढेको हो । समग्रमा यससाता नेप्से १६०अंकले बढेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७१ करोडले बढेर पौने ३ अर्ब पुगेको छ ।

बिहीबार नेप्से ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको २ अर्ब ८६ करोड रुपैयाँ बढीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै ५.३८ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम झन्डै ११ करोड र रिडी पावर १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन ऊर्जा, सानिमा लाइफ इन्स्योरेन्स र श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगा हाइड्रोपावर, रिलायन्स लाइफ र सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

चाँडो लाइसेन्स छाप्नका लागि मास प्रिन्टर किन्दै विभाग Read Previous

चाँडो लाइसेन्स छाप्नका लागि मास प्रिन्टर किन्दै विभाग

काम नगर्ने ठेकेदार धमाधम कारबाहीमा, ६ महिनामै ८२ कम्पनी कालोसूचीमा Read Next

काम नगर्ने ठेकेदार धमाधम कारबाहीमा, ६ महिनामै ८२ कम्पनी कालोसूचीमा