तरलता सहज बनाउन राष्ट्र बैंकले ५० अर्बको रिपो जारी गर्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ ।

पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कुल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।

२५ बैंकले नियम विपरीत असुलेको ४ अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने, कुनले कति ? Read Previous

२५ बैंकले नियम विपरीत असुलेको ४ अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने, कुनले कति ?

चाँडो लाइसेन्स छाप्नका लागि मास प्रिन्टर किन्दै विभाग Read Next

चाँडो लाइसेन्स छाप्नका लागि मास प्रिन्टर किन्दै विभाग