कञ्चनपुर-कमला ४ लेन सडक निर्माण सुस्त, २ वर्षमा २५ प्रतिशत मात्रै काम पूरा

गोलबजार । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर ८२३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो ।

एसियाली विकास बैंक (एडीबी) को सहयेगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० अक्टुबर २९ बाट काम सरु गरेको थियो । झन्डै रु १६ अर्ब लगानीमा बन्न लगेको सो रोड ४ लेन र सहरी क्षेत्रमा ६ लेन बन्ने भएको छ ।

सो सडकमा आठ अन्डर पास, ६६ पुल र दुई ओभर फ्लाइसमेत बन्ने भएको छ भने मिर्चैया, लहान, रुपनीमा ६ लेनको रोड बन्ने बताएको छ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिनेछ । दायाँ–बायाँ नै साढे दुई मिटरको सोल्जर (अतिरिक्त पिच) गर्ने योजना रहेको छ । यो खण्डका मुख्य बस्ती र सहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन बनाइनेछ ।

चाइना रेल्वे नम्बर २ इन्जिनियर ग्रुपका जनसम्पर्क प्रमुख नवीन दुवाडीका अनुसार नोभेम्बरदेखि काम तीव्र गतिमा भइरहेको नेपालको राष्ट्रिय प्राथमिकता रोड रहेकाले समयमा सकाउने गरी कामलाई तीव्रता दिएको छ । कोभिड–१९ र बर्सातमा केही समय काम प्रभावित भएकाले सडक निर्माणमा ढिलाइ भएको हो । सो सडक बनेपछि स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको हो ।

निफ्राको ५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन Read Previous

निफ्राको ५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

दर्जन बीमा कम्पनीलाई चैतभित्रै चुक्ता पूँजी पुर्‍याउन सकस, यी कम्पनी दबाबमा Read Next

दर्जन बीमा कम्पनीलाई चैतभित्रै चुक्ता पूँजी पुर्‍याउन सकस, यी कम्पनी दबाबमा