काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
आरएसडीसीले साधरण सभा प्रयोजनका लागि पुस १५ गते तथा फरवार्ड र फर्स्ट माइक्रोफाइनान्सले पुस १७ गते बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
आरएसडीसी लघुवित्ते आर्थिक गत वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न फरवार्डले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ।
तीनै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।