नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । अघिल्ला दुई दिनमा ११५ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७३ करोडले घटेर २ अर्बमा सीमित भएको छ ।

बुधबार नेप्से ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा आइपुगेको छ । यसदिन २५७ कम्पनीको २ अर्ब १५ करोड रुपैयाँ बढीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ८ उपसमूहको घटेको छ । होटल उपसमूह सबैभन्दा धेरै २.१९ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको पौने ९ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर ८ करोड र अपर तामाकोशी साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्टर फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र धौलागिरी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त र वीन नेपाल लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

नारायणीमा आकर्षणको केन्द्र बन्दै मोटरबोट, चढ्नेको भीड Read Previous

नारायणीमा आकर्षणको केन्द्र बन्दै मोटरबोट, चढ्नेको भीड

आयात प्रतिबन्धले सुधारोन्मुख भएको अर्थतन्त्रले पाउला निरन्तरता ? Read Next

आयात प्रतिबन्धले सुधारोन्मुख भएको अर्थतन्त्रले पाउला निरन्तरता ?