काभ्रेको बेथानचोकमा केबलकार निर्माण हुने, सम्भाव्यता अध्ययन पूरा

धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबलकार निर्माण हुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए। केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ ।

गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबलकार निर्माण गर्न लागिएको बताए । उनले केबलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे ।

आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबलकारका लागि नौवटा टावरहरु रहने छन् । केबलकारको लम्बाइ ३ किलोमिटरको हुनेछ भने सम्भाव्यता अध्ययनको सिलसिलामा करिब ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो ।

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री Read Previous

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री

विगतमा पौडेल अर्थमन्त्री हुँदा रेकर्ड बनाएको नेप्सेले यसपाली पनि छलाङ मार्ला ? Read Next

विगतमा पौडेल अर्थमन्त्री हुँदा रेकर्ड बनाएको नेप्सेले यसपाली पनि छलाङ मार्ला ?