नेप्सेमा लगातार उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । सोमबार ५६ अंकले बढेको नेप्से आज सोभन्दा बढी अंकले बढेको हो । दुई दिनमै नेप्से ११५ अंकले बढेको छ ।

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेलनियुक्त भएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो । पौडेल विगतमा पनि सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका थिए । नेप्सले यसअघि २०७३ र २०७८ मा अल टाइम हाइको रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७९ करोडले बढेर पौने ४ अर्ब पुगेको छ ।

मंगलबार नेप्से ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको ३ अर्ब ८८ करोड रुपैयाँ बढीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । लगानी उपसमूह सबैभन्दा धेरै ६.४३ प्रतिशतले बढेको छ ।

आज लक्ष्मी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको पौने २१ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १४ करोड र हिमालयन डिस्ट्रीलरीको ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स र श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, धौलागिरी लघुवित्त, कालिका पावर, तेह्रथुम पावर र निफ्राका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

निफ्रा र अपर तामाकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, बेच्ने नै छैनन् Read Previous

निफ्रा र अपर तामाकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, बेच्ने नै छैनन्

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री Read Next

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री