निफ्रा र अपर तामाकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, बेच्ने नै छैनन्

काठमाडौं । सोमबारदेखि सेयर बजारमा उछाल आएको छ । नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ती भएसँगै नेप्सेले छलाङ मारिरहेको छ ।

सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित भएका छन् जसका कारण दुई दिनमै नेप्सले १०० बढी अंकको फड्को मारिसकेको छ ।

बढ्दो बजारमा लगानीकर्ताहरु ठूला कम्प्नीप्रति आकर्षि भएका छन् । जसमा माथिल्लो तामाकोशी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रामा सेयर लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

मंगलबार दिउँसो १स्५५ बजेसम्म यी दुवै कम्पनीको सेयर खरिदका लागि माग उच्च हुँदा सप्लाइ शून्य रहेको छ । अर्थात् यी कम्पनीको सेयर किन्नेको ओइरो लाग्दा विक्रीकर्ता शून्य छन् ।

दुवै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ अर्थात् १० प्रतिशतले बढेको छ । १० प्रतिशत मूल्य बढ्दा पनि कम्पनीको सेयर विक्रीकर्ता छैनन् ।

तामाकोशीको १ लाख बढी कित्ता कारोबार भइसकेको छ भने झन्डै १लाख कित्ता नै खरिद माग रहेको छ । यस्तै, निफ्राको पौने २ लाख कित्ता सेयर किनबेच भइसकेको छ भने करिब १ लाख कित्ता खरिद माग छ ।

वित्तीय अवस्था खासै बलियो नभए पनि यी कम्पनीको भविष्य देखेर सस्तोमा सेयर किन्न लगानीकर्ता झुम्मिएका हुन् । यी दुवै कम्पनीको सेयर मूल्य १ वर्ष यताकै सस्तो रहेको छ । साथै, बजारमा ठूला कम्पनी भएकाले बेलाबेलमा चलखेल समेत हुने गरेको छ ।

 

आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी Read Previous

आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

नेप्सेमा लगातार उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट