सडक विभागले नेपालका मुख्य सडकहरुको निर्माण, मर्मत संभार र संचालन गर्दै आएको छ । तर, बनाइएका सडकको गुणस्तर, निर्माणमा ढिलाई जस्ता कारण विभाग आलोचित हुँदै आएको छ ।
उपत्यकामा सडक विस्तारको शुरुवात भएको ७ वर्ष पूरा भइसकेको भएपनि उपत्यका जोडिने बाटाहरु कुनैपनि पूरा हुन नसक्दा सडक विभाग सबैले गाली गर्ने निकाय बन्दै आएको छ । यसैक्रममा चाणक्य पोष्टको लागि गिता भुजेलले विभागका महानिर्देशक केशवकुमार शर्मासँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः
सडक विभाग अन्तर्गत भइरहेका कामका विषयमा केही बताइदिनुस् न ?
पुल निर्माण र वहुवर्षीय ठेक्काहरुमा काम भइरहेको छ । मध्यपहाडी, हुलाकी, मदनभण्डारी राजमार्गमा लाग्नु पर्ने नयाँ ठेक्का लाग्दैछ भने पूराना ठेक्कामा काम भइरहेको छ । ठूला राजमार्गको स्तरोन्नति र पिच गर्ने काम शुरु भएको छ ।
उपत्यकाको सडक विस्तार आयोजनामा कुनै नयाँ ठेक्का छैन । पहिलेकै ठेक्कामा काम भइरहेको छ । दशैँसम्म पानी परेकाले कालोपत्रे गर्ने काम गर्न पाइएन । अन्य वेस, सब–वेसको काम भइसकेको छ । धेरै ठाँउमा कालोपत्रेको काम मात्र बाँकी रहेकाले त्यो काम अब अगाडि बढ्छ ।
कलंकी–नागढुंगा र चाबहिल–साँखुमा केही घरहरु अझै हटेका छैनन् । तर, ति स्थानमा काम शुरु भएको छ । गोदावरी र चापागाउँमा पनि काम भइरहेको छ । तर, पछिल्ला दिनमा घर भत्काउन अदालतबाट रोक लागेकाले उपलब्ध ठाउँमै काम भइरहेको छ । यो मौसमलाई सदुपयोग गरेर हामीले काम गरिरहेका छौँ ।
मैले हरेक दिन कहाँ काम भइरहेको छ, भन्ने तथ्याङ्क लिने गरेको छु । उपत्यकाको मुख्य काम यो साल पनि नसक्नेलाई हामी कारवाही गछौँ । उनीहरुलाई पहिला २ वर्षको म्याद दिइएको थियो । त्यतिबेला उनिहरुको कारण भन्दा पनि बाहिरी वातावरण, मुद्दा जस्ता विषयले काम गर्न दिएन । अब भने घरटहरा नहटेका स्थानमा यथास्थितिमा काम गर्ने भनिएको छ । अब काम अगाडि बढ्छ ।
उपत्यकाका सडक विस्तारमा सबैभन्दा धेरै चुनौति के थियो ?
घरटहरा हटाउने, बिजुलीका पोल हटाउने र खानेपानीका पाइप व्यवस्थापन सबैभन्दा कठिन थियो । मुद्दालगायतका कारण विस्तारको क्रममा रहेका सडक नसकिने अवस्था आएपछि २०७५ साउन ९ गते सरकारले यथास्थितिमा सडक निर्माण गर्ने भनेपछि काम अगाडि बढेको हो ।
नेपालमा पनि इमरजेन्सी ल्याण्डीङ गर्नका लागि ६ लेनको बाटो भए पुग्छ । अहिले बुटवल भैरहवा, विरगञ्ज, लगायतका विभिन्न ठाउँमा ६ लेनको सडक निर्माण भइरहेको छ । सूर्यविनायक धुलिखेल सडक पनि ६ लेनको बनाउने योजना रहेको छ । त्यसमै ल्याडिङ्ग गर्न सकिन्छ ।
अबको केही समयमा कलंकी–नागढुंगा, चाबहिल–जोरपाटीका सडक यथास्थितिमा निर्माण हुने छन् । अहिलेसम्म काम नै नभएको भन्ने होइन । चाबहिलदेखि पासाङलामु चोकसम्म ‘लिकेज’को समस्या समाधान भएको छ । त्यसपछि उता हायातदेखि बौद्धसम्म पिच भइसकेको छ ।बौद्धबाट जोरपाटीसम्म पिचको तयारी भएको छ ।
त्यसैले मुख्य काम यो मंसिरसम्म सक्नेलाई चैत्रसम्मको समय दिने आन्तरिक तयारी चलेको छ । होइन भने मंसिरसम्म कुनै प्रगति नगर्नेलाई पुस/माघमै ठेक्का तोड्ने छाैं ।
नेपाल स्टील र सिमेन्टमा आत्मर्निभर तर्फ अघि बढ्दै छ । अब बन्ने सडक ढलान गरेर बनाउन सम्भव छैन ?
सडक आयोजना पूरा गर्दा रकम बाहिरिएको छ । त्यसलाई रोक्न हामीले कतिठाउँमा ढलान गर्ने काम शुरु गरेका छाैं । हामीले देख्दा सिमेन्ट हाम्रै उत्पादन हो तर सिमेन्टले सडक बनाउदा कालोपत्रेको भन्दा ३/४ गुना नै महंगो पर्न जान्छ । सिमेन्ट बढी उत्पादन गर्न सक्छौ, फ्याक्ट्री पनि थप्न सक्छाैं । तर, घर बनाउन दिने मूल्यमै हामीलाई दिने हो भने सडक बनाउन सक्दैनौँ । मैले यो कुरा प्रष्ट रुपमा सिमेन्ट व्यवसायी संघलाई भनेको छु ।
८ सय रुपैयाँ प्रतिबोरामा सिमेन्ट किनेर कसरी सडक बनाउन सकिन्छ ? ‘मास प्रडक्सन’ हुन थालेपछि सिमेन्टको मूल्य घट्यो भने मात्र सिमेन्टले नै ढलान गरेर सडक बनाउन सक्छाैं । व्यवसायीहरुलाई तपाईहरु मूल्य फेर्नुस् हामी टेक्नोलोजी ल्याउँछौ भनेकै हो । तर, सुनुवाई भएको छैन । सबै तिर ढलान सडक बनाउने हो भने त्यही किसिमको उत्पादन आउनु पर्छ अनि मात्र सकिन्छ ।
मध्य पहाडी र हुलाकी सडकको काम के कसरी अघि बढ्दै छ ?
मध्य पहाडी हुलाकी सडक खण्डमा अबको ३ वर्षमा मोटर गुडाउन सकिन्छ । हुलाकी सडकमा लामो लामो पुल चाहिने भएकाले त्यसमा अलि समय लाग्न सक्छ । मध्य पहाडीमा धेरै समस्या छैन । अबको ३ वर्षमा मोटर गुडाउन सक्छाैं । ३ वर्ष भित्रमा २ वटै सडकमा वारपार गाडी गुडाउन सकिनेछ ।
हाइवेमा इमरजेन्सी ल्याण्डीङ गर्ने सडक निर्माण गर्ने चर्चा छ, त्यसमा पनि केही तयारी हुँदैछ कि ?
शुरुमा जर्मनले इमरजेन्सी ल्याण्डीङका लागि अटोवान भनेर एक्सप्रेस वेमा सेकेन्ड वल्डवार अगाडि फाइटर प्लेनको ल्याण्डीङ सडकमा गर्न थालेको हो । त्यसपछि अन्य राष्ट्रहरुमा त्यसको कल्चर निस्कियो ।
नेपालमा पनि इमरजेन्सी ल्याण्डीङ गर्नका लागि ६ लेनको बाटो भए पुग्छ । अहिले बुटवल भैरहवा, विरगञ्ज, लगायतका विभिन्न ठाउँमा ६ लेनको सडक निर्माण भइरहेको छ । सूर्यविनायक धुलिखेल सडक पनि ६ लेनको बनाउने योजना रहेको छ । त्यसमै ल्याडिङ्ग गर्न सकिन्छ ।
सूर्यविनायक धुलीखेलको सडक विस्तारको काम कसरी अगाडि बढ्दै छ ?
अहिले जाइकासँग कुरा चल्दैछ । शुरुङ सहित त्यो बाटो निर्माण महंगो पर्ने भयो । उनीहरुले साँघामा टनेल राख्ने भने, त्यो टनेल महंगो भएकोले १५/१६ किलोमिटर सडकलाई ३०/३२ अर्ब लाग्ने भयो । टनेल अहिलेलाई चाहिदैन यो हटाएर बनाउने हो भने केही सस्तो पर्छ । तर, पछि फेरी बनाउानै पर्छ भने अहिल्यै किन नबनाउने भन्नेपनि छ । त्यसैले अहिले नै टनेलसहित जाने कि भविष्यमा टनेलमा जाने भन्ने विषयमा छलफल भइरहेको छ ।
दुर्घटना बढेको बढ्यै छ, रोड सेफ्टीको विषयमा सडक विभागले कसरी काम गर्दैछ ?
हाम्रा बाटोहरु खराब छैनन् तर, चालकले मनमानी स्पीडमा गुडाउने गर्छन् । विदेशमा सीसी क्यामेराबाट सबै देखिन्छ, त्यही अनुसार कारवाही हुन्छ, यहाँ सिठ्ठी नबजाएसम्म जे गरेनी भयो भन्ने कल्चर छ । अलि–अलि नियम मिच्दा खुसी हुने बानीले हामी आफै जोखिम मोलिरहेका छाैं ।
हाम्रो संस्कार ४० भनेको ठाउँमा ५० को स्पीडमा गुडाउन पाएमा ठूलो सम्झने किसिमको छ । यो कल्चर नहटेसम्म दुर्घटना कम गर्न कठिन छ । हामीले रोड सेफ्टी मेजर गरेका छाैं । पछिल्लो समय बनेको मुग्लीन–नारायणघाट, वीपी हाइवेको सुरक्षा परीक्षण भएको छ ।
हाम्रा बाटोहरु खराब छैनन् तर, चालकले मनमानी स्पीडमा गुडाउने गर्छन् । विदेशमा सीसी क्यामेराबाट सबै देखिन्छ, त्यही अनुसार कारवाही हुन्छ, यहाँ सिठ्ठी नबजाएसम्म जे गरेनी भयो भन्ने कल्चर छ । अलि–अलि नियम मिच्दा खुसी हुने बानीले हामी आफै जोखिम मोलिरहेका छाैं ।
सूर्यविनायक कोटेश्वर सडक बनेपछि बढि दुर्घटना भयो अहिले स्पीड लिमिट गरेपछि दुर्घटना कम भएको छ । हाम्रोमा बनिरहेका सडकमा चाडवाडमा वा पिकनिकमा दुर्घटना हुँदा एकै पटक धेरैको मृत्यु हुन्छ, त्यसले भयावह देखिएको अन्यथा सडक दुर्घटना नै धेरै भएको होइन । यसले मृत्यु हुनेको संख्या बढेको छ ।
अन्तर्राष्ट्रिय नाका जोड्ने नयाँ सडक निर्माण गर्ने प्रकृया कसरी अगाडि बढेको छ ?
ताप्लेजुङको ओलान्चोङ्गोला, संखुवासभाको किमाथान्का, तातोपानी नाका चिनीयाँ भूभागतर्फको समस्याले चलेको छैन । रसुवा केरुङ नाका संचालनमा छ भने सडक स्तोनन्तिको काम भइरहेको छ । जोमसोङ–कोरोला नाका जोड्ने सडकमा २/३ वटा पुल बन्यो भने १२ महिना नै सवारी संचालन हुने भएको छ । हिलसामा पनि पुल बन्न बाँकी छ ।
यी ५ वटा सडक पूर्णरुपमा चल्न अझै ३ वर्ष लाग्छ । करिब ५ वर्ष भित्र पर्वू–पश्चिममा हुलाकी पूरा हुन्छ, महेन्द्र राजमार्गको स्तरोन्नति, मदनभण्डारी र मध्यपहाडी पूरा हुनेछन् । राजमार्ग सडक मात्र अब सडकले हेर्छ, अन्य प्रदेश तथा स्थानीयलाई दिइन्छ । अब ५ वर्ष पछि सडक सुरक्षा र सडकलाई छोटो बनाउने तिर विभाग केन्द्रित हुन्छ ।
बाहिरी चक्रपथ निर्माण कहाँ रोकियो ?
बाहिरि चक्रपथ निर्माण जग्गाधनीलाई मुआव्जा दिएर निर्माण गर्न कठिन देखिएपछि सरकारले ल्याण्डपुलीङ कन्सेप्टमा काम गर्न थालेको छ । यो सहरी विकासले गरिरहेको छ ।
उपत्यकामा निर्माण भएका सडकमा ठूला खाडल किन बन्छन् ?
केही दिनअघि भएको चिनियाँ राष्ट्रपति हिड्ने सडक हामीले पिच थप गरेका थियौं । सि गएइसकेपछि म ती सडक हेर्न राष्ट्रपति निवासदेखि जमलसम्म हिडे । त्यहाँ १७ ठाउँमा पानी निस्कीएको छ । त्यो पनि सडक विभागका कारण निस्कीएको हैन । उपत्यकामा धेरै स्थानमा पानीका कारण सडक बिग्रिएका छन् ।
चाबहिलको बाटो पनि त्यस्तै हो त्यहाँको कम्जोर पानी तथा ढलका पाइपका कारण बाटो जति पिच गरेनी बिग्रन्छ दोस हामीलाई आउछ । हायत होटलले सुइमिङ पुलको पानी फलस गर्यो भने सबै पानी बाटोमै आउछ । जोरपाटीको बाटोमा जोडिएका सहायक बाटा मुख्य बाटोभन्दा अग्ला छन् । ति बाटोमा बग्ने पानि मुख्य सडकमा आउँछ । हाम्रो काम सडक बनाउने हो, त्यसमा हामी सक्षम छौं ।