भारतबाट नेपाललाई ५० हजार टन गहुँ आयात गर्न अनुमति

काठमाडौं । भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो ।

नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए ।

नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो ।

त्यसैगरी महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउनसमेत भनेको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महङ्गो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए ।

भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपाली बजारमा ३० देखि ४० प्रतिशतसम्म बढेको थियो ।

नबिल बैंकले नेपालमै पहिलो पटक सुरू गर्‍यो 'एन' बैंक, यस्ता छन् विशेषता Read Previous

नबिल बैंकले नेपालमै पहिलो पटक सुरू गर्‍यो 'एन' बैंक, यस्ता छन् विशेषता

पोल भाडा नतिर्ने इन्टरनेट प्रदायक विरुद्ध प्राधिकरणको एक्सन, सुबिसुको काट्यो लाइन Read Next

पोल भाडा नतिर्ने इन्टरनेट प्रदायक विरुद्ध प्राधिकरणको एक्सन, सुबिसुको काट्यो लाइन