नविकरण शुल्क नबुझाउने ८१ कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले वार्षिक शुल्क नबुझाउने ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै वार्षिक नविकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीको नाम सार्वजनिक गरेको छ ।

 

सूचीकृत कम्पनीहरुले हरेक वर्ष आफ्नो कम्पनीको नविकरण गर्नुपर्छ । यसरी शुल्क नबुझाएको भन्दै आज (कात्तिक ३ गते)देखि सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सूचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ ।

 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेको बताएको छ।करोबार रोक्का हुनेमा १९ लघुवित्त, १८ विकास बैंक, १३ जलविद्युत, ११ फाइनान्स कम्पनी, ११ उत्पादन तथा प्रशोधन, २ व्यापार, २ होटल, २ अन्य, तथा २ बीमा समूहका कम्पनीहरुले नविकरण नगरेको नेप्सेले जनाएको छ ।

 

यसरी शुल्क नबुझाएर कारोबार रोक्का हुनेमा सरकारी बहु स्वामित्वको नेपाल टेलिकमदेखि विदेशी लगानी रहेको यूनिलिभरसम्म छन्।सोल्टी होटल, याक एण्ड यति, लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, चिलिमे पावर, अपि पावर लगायत कम्पनीको कारोबार रोक्का भएको छ।

 

धितोपत्र सूचीकरण विनियमावली अनुसार ५० करोड रुपैयाँ बरावरको सेयर सुचीकृत कम्पनीले नविकरण शुल्क वार्षिक ५० हजार र त्यस भन्दा धेरै चुक्ता पूँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।

१० अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति गठन Read Previous

१० अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति गठन

सेयर बजारमा चरम निराशा, साढे १४ खर्बको बजारमा ११ करोडको कारोबार Read Next

सेयर बजारमा चरम निराशा, साढे १४ खर्बको बजारमा ११ करोडको कारोबार