नेपाल टेलिकमको बम्पर लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

टेलिकम सञ्चालक समितिको बुधबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते १५ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

सुपर मादी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सुपर मादी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन