दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस ८ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले उक्त लाभांश पारित गर्न पुस २२ गते साधरण सभा बोलाएको छ । सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

त्यसैगरी, गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।उक्त लाभांश पारित गर्न बैंकले पुस २२ वार्षिक साधारण सभा बोलाएको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

 

आइपीओ ल्याउने तयारीमा रहेको नर्भिक हस्पिटलद्वारा ४०% लाभांश घोषणा Read Previous

आइपीओ ल्याउने तयारीमा रहेको नर्भिक हस्पिटलद्वारा ४०% लाभांश घोषणा

नेपाल टेलिकमको बम्पर लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Next

नेपाल टेलिकमको बम्पर लाभांश घोषणा, बुकक्लोज कहिले ?