नयाँ व्यवसायको रूपमा फस्टाउँदै कालिजपालन

‘विजेताहरु नयाँ काम गर्दैनन्, नयाँ ढंगबाट गर्छन’, भन्ने भनाइ चर्चित छ । साथै, व्यवहारिक र जीवनपयोगी पनि ।

 

कालिज पालन व्यवसायलाई पनि यही भनाइसँग जोड्न सकिन्छ । परम्परागतरुपमा कुखुरा वा हाँस पालेर भन्दा कालिज पालन गर्नेले पो व्यवसायी छलाङ लगाउने हुन् की भन्ने चर्चा शुरु हुन थालेको छ समाजमा ।वन्यजन्तु संरक्षण ऐनले सहजता प्रदान गरेपछि कालिज पालन बढ्न थालेको छ, उद्यमी युवाहरु माझ ।

 

दक्षिणकाली नगरपालिकाको चाल्नाखेलको ११ रोपनी जग्गामा कालिजपालन व्यवसाय सञ्चालन भइरहेको छ । एभरेष्ट वल्डलाईफ एग्रो एण्ड रिसर्च सेन्टरले १ करोड ५० लाखको लगानीमा उक्त व्यवसाय सञ्चालनमा आएको हो । फ्रान्सबाट १० हजार २ सय ७५ वटा अण्डा ल्याएर नेपालकै कुखुराको अण्डा ह्याचरी गर्ने ठाँउमा चल्ला कोरलेर यो व्यवसाय शुरु भएको हो ।

 

नेपालमा नयाँ वा फरक ढंगले व्यवसाय गर्‍यो भने चाँडै र सहज रुपमा फस्टाउँछ भन्ने सन्देश यो व्यवसायले दिएको छ । कम्पनीको अनुसार हाल माग अनुसारको आपुर्ती हुन सकेको छैन । ‘माग १०० प्रतिशत छ भने आपूर्ति ०.५ प्रतिशत मात्र गर्न सकिएको छ’, कम्पनीका आधिकारिक व्यक्ति बताउँछन् ।

नेपालमा कालिजको खुल्ला विक्री वितरण गर्न भने बन्देज छ । नेपालमा कालिज प्रजातिको पंक्षीलाई संरक्षित पंक्षीमा राखिएको छ । तर, कानुनले जिउँदो कालिजको व्यवसाय गर्न बन्देज लगाए पनि मासुको बिक्री व्यवसाय गर्न भने सहुलियत प्रदान गरेको छ ।

 

कृषि प्रयोजनका लागि उक्त उत्पादन गरेमा पनि सहजता प्रदान गरिएको छ । कालिजलाई जिउँदो बिक्री गर्न वा खुल्ला रुपमा जङ्गलमा छाड्न भने पाइँदैन । रैथाने प्रजातीका कालिजसँग मिसिन सक्ने भएकाले जिउदो कालिज बिक्री वितरणमा रोक लगाइएको हो ।

 

नेपालमा कालिजको खुल्ला विक्री वितरण गर्न भने बन्देज छ । नेपालमा कालिज प्रजातिको पंक्षीलाई संरक्षित पंक्षीमा राखिएको छ । तर, कानुनले जिउँदो कालिजको व्यवसाय गर्न बन्देज लगाए पनि मासुको बिक्री व्यवसाय गर्न भने सहुलियत प्रदान गरेको छ ।

कालिज विशेषत ६ देखि ८ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस र घरमै खस्रो बनाएर पिसेको गँहु, मकैको दाना कालिजको आहार हो ।

 

कालिजको अण्डा शुरुमा विदेशबाट ल्याएर नेपालमै ह्याचरिङ गरिएको थियो । अब चाँही भाले कालिज मात्र बिक्री गरी पोथीबाट अण्डा उत्पादन गरी यहीँ कालिजको संख्या बढाउने योजनामा कम्पनी रहेको छ ।

 

एउटा पोथी कालिजले वर्षमा ३० देखि ५० वटासम्म अण्डा कोरल्छ । फागुन देखि यसको अण्डा कोरल्ने समय हो । कालिज उड्न सक्ने हुनका लागि १ महिनाको समय लाग्छ । र, एउटा वयस्क कालिजको मासु बजारमा ३ हजार देखि ३५ सय रुपैयाँसम्मा बिक्री हुन्छ ।

 

कालिज बढी चञ्चल स्वभावको हुने र उफ्रने, डुल्ले इत्यादी धेरै गर्ने हुनाले उनीहरुलाई बढी प्रोटिनयुक्त दानाको आवश्कता पर्दछ । कालिजलाई दिनमा तीन पटक दाना र दुई पटक पानी दिइने गरेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले दाना उत्पादकसँग सम्झौता गरेर ४५/४५ दिन दाना ल्याउने गरेको छ । अब भने आफैंले दाना उत्पादन गर्ने योजनामा कम्पनी रहेको छ ।

 

कालिजको मासुको माग पछिल्लो समय अत्याधिक मात्रामा बढ्दो छ । ‘कालिजको माग यति धेरै भयो की हाम्रो उत्पादनले काजिलको माग पूरा गर्नै सकेन । त्यसैले अहिले काजिल बिक्री वितरण बन्द गरेका छौँ,’ कम्पनीका अध्यक्ष शुशिल भट्टराईले चणक्य पोष्टसँग भने ।

 

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न लागेको छ । पोखरा, सुर्खेत, पनौती, धादिङ्ग तथा मकवानपुरको पालुङ्गमा फर्म स्थापना गर्ने तयारीमा कम्पनी रहेको छ ।

कम्पनीले चालू आर्थिक वर्षमा ४० हजार वटा अण्डा स्वदेशमा नै उत्पादन गरी नयाँ फर्ममा पुर्‍याउने योजना बनाएको छ । त्यतिले पनि माग नधाने विदेशबाट थप अण्डा ल्याउने योजना कम्पनीले बनाएको छ ।

 

यदि कसैले यो व्यवसाय सञ्चालन गर्न चाह्यो भने उक्त कम्पनीले तालिम प्रदान गर्ने, चल्ला दिने, दानाको सहज उपलब्धता गराउनुका साथै अन्य प्राविधिक सहयोग समेत गर्ने गरेको छ ।

 

कम्पनीले अहिले सम्म आफ्नो लगानी भने उठाइनसकेको अध्यक्ष भट्टराईले बताए । हालसम्म कम्पनीले २ करोड लगानी गरिसको छ । अध्यक्ष भट्टराईका अनुसार सरकारले बजेट भाषणमार्फत कृषि पेशालाई दिने भनेको सहुलियत ऋण ३२ लाख बल्लतल्ल लिएको बताए ।

 

विगत २ वर्ष देखि सञ्चालनमा आएको यो कम्पनीले आगामी आर्थिक वर्ष भित्र आफ्नो सम्पूर्ण लगानी उठाउने लक्ष्य राखेको अध्यक्ष भट्टराईले बताए ।अहिले फर्ममा ४ हजार वटा कालिज छन् । आगामी पुस महिनाबाट कालिज बिक्री वितरण गर्ने अध्यक्ष भट्टराई जानकारी दिए ।

 

कालिज पालन व्यवसायमा पछिल्लो समय युवाहरुको आकर्षण बढीरहेको देखिन्छ । पोखरा, पनौती जस्ता ठाँउमा अन्य कम्पनीले समेत कालिज पालन गरिरहेका छन् ।

 

पोखरामा वाइल्ड फुड प्रोडक्ट प्रालीले पोखरा लामगादी–३३ मा कालिज फार्म सञ्चालन गरिरहेको छ । १८ रोपनीमा प्राकृतिक वासस्थान जस्तै बनाएर २४ सय अण्डा फ्रान्सबाट झिकाएर नेपालमा ह्याचरी गरी उक्त व्यवसाय सञ्चालनमा आएको हो ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले कालिज पालनलाई सहजता प्रदान गरेकोले मात्र व्यवसायिक पालन सम्भव भएको हो ।

एक वर्षको अवधिमै थपिए ३७० नयाँ उद्योग Read Previous

एक वर्षको अवधिमै थपिए ३७० नयाँ उद्योग

१० अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति गठन Read Next

१० अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति गठन