सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ४.७५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य १७६.६१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

बैंकले आव २०७८/८९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई दिइन ७ दिनको समय Read Previous

राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई दिइन ७ दिनको समय

मौलाकालिका केबलकार निर्माण अन्तिम चरणमा, फागुनदेखि संचालनमा आउने Read Next

मौलाकालिका केबलकार निर्माण अन्तिम चरणमा, फागुनदेखि संचालनमा आउने