राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई दिइन ७ दिनको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि ७ दिन भित्र (यही पुस १० गते ५ बजेभित्र) दाबी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ ।

निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ दफा ६२ बमोजिम गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश भएको थियो ।

राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गरेकी हुन् ।

पोखरामा थपियो पर्यटकीय नयाँ प्रोडक्ट 'एटीभी राइडिङ'  Read Previous

पोखरामा थपियो पर्यटकीय नयाँ प्रोडक्ट 'एटीभी राइडिङ' 

सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Next

सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?