सेजको भाडा ८०० प्रतिशतसम्म बढाएको भन्दै उद्योगीको विरोध

काठमाडौं। औद्योगिक क्षेत्र भित्रको भाडादर ८०० प्रतिशतले वृद्धि भएको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले विरोध गरेको छ ।

महासंघले औद्योगिक विकास क्षेत्रलाई गुठीलाई दिन समेत आग्रह गरेको छ । २०४५ सालमा सरकारी कम्पनीको रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थापना गरी औद्योगिक सेवा केन्द्रमार्फत संचालित सबै उद्योगलाई समावेश गरेको छ ।

महासंघका अध्यक्ष रामहिरा पाठकले २०७५ देखि हालसम्म काठमाडौं, भक्तपुर, पोखरा लगायतका औद्योगिक क्षेत्रमा ८०० प्रतिशत भाडा वृद्धि भएको दाबी गरे । बाँकी ६ औद्योगिक क्षेत्रमा १२ देखि ५८ रुपैयाँ भाडा दर वृद्धि भएको छ ।

नेपालमा १० औद्योगिक क्षेत्र छन् । त्यसमा ७५० उद्योग छन् । सो उद्योगले ७०० बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । सो उद्योग हरुले सबै कर गरेर बर्सेनि ५५ अर्ब राजस्व तिर्दै आएका छन् ।

‘भाडा वृद्धि गर्दा १० सूत्रीय माग पूरा नभए भाडा बढाउन पाइँदैन,’ पाठकले भने । २०७१ सालको नियमावलीमा ५/५ वर्षमा भाडा बढाउने कुरा उल्लेख छ ।

उनले मनोमानी ढंगले भाडा बढाएको आरोप लगाए । उनले रोपनीको भाडा १२ हजार हुनुपर्नेमा ८१ हजार रुपैयाँ पुर्याएको बताए । उनले ४० वर्षका लागि भाडामा दिँदा स्पष्ट उलेख गरेर सम्झौता गर्नु पर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले रोपनी को ३०० रुपैयाँ भाडादरमा हिसाबले उद्योगीलाई मात्र दिने एकल भाडादर कायम हुनु पर्ने बताए ।

कामना सेवा विकास बैंकद्वारा एससीटी-यूपीआई डेबिट कार्ड जारी Read Previous

कामना सेवा विकास बैंकद्वारा एससीटी-यूपीआई डेबिट कार्ड जारी

नागढुंगा सुरुङमार्ग तोकिएकै अवधिमा सम्पन्न नहुने, ६ महिना म्याद थप्नुपर्ने Read Next

नागढुंगा सुरुङमार्ग तोकिएकै अवधिमा सम्पन्न नहुने, ६ महिना म्याद थप्नुपर्ने