माछापुच्छ्रे बैंकले पनि लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस १ गते बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकले साधरण सभा बोलाउने छ ।

यसअघि लक्ष्मी र सनराइज बैंकले पनि लाभांश वितरण नगर्ने निर्णय गरेका थिए ।

सुर्खेत विमानस्थलमा बुद्धको एटीआर-७२ जहाजबाट उडान सुरू Read Previous

सुर्खेत विमानस्थलमा बुद्धको एटीआर-७२ जहाजबाट उडान सुरू

९ महिनापछि बैंकहरूले खोल्न थाले गाडी आयातका लागि एलसी Read Next

९ महिनापछि बैंकहरूले खोल्न थाले गाडी आयातका लागि एलसी